जुम्लामा आँखा शिविर, साढे नाै सयले लिए सेवा
खलङ्गा : जिल्लामा सञ्चालित आँखा शिविरमा ९५१ बिरामीले सेवा लिएका छन्।
यही वैशाख २२ गतेदेखि २४ गतेसम्म सञ्चालित शिविरमा १८३ को आँखाको साधारण शल्यक्रिया गरिएको र १०४ को मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र जुम्लाका प्रमुख कालीबहादुर रावतले जानकारी दिए। शिविरमा बिरामीलाई आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले प्रत्येक वर्ष आँखाका बिरामीले घरआँगनमै उपचार गर्न पाउनु अवसर भएको बताए। आगामी दिनमा जिल्ला प्रशासनको तर्फबाट सहयोग गर्न तयार रहेको उनले बताए। शिविर सञ्चालनका लागि चन्दननाथ नगरपालिकाबाट ५० हजार रूपैयाँ सहयाेग गरेकाे जानकारी दिइयाे।
जुम्लामा आँखाका बिरामीले आफ्नै घरआँगनमा सस्तो र सुलभरूपमा सेवा लिन पाएकामा स्थानीयवासीले खुशी व्यक्त गरे। हिमालय आँखा अस्पताल पोखराको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ जुम्ला शाखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य