नसर्ने दीर्घ रोग महिलामा भन्दा पुरूषमा बढी
नसर्ने दीर्घ रोगहरू विशेषगरी न्यून तथा मध्यम आय भएका राष्ट्रहरूमा रोग र मृत्युको प्रमुख कारक तत्त्वका रूपमा रहेका छन्। नेपालको सन्दर्भमा यी दीर्घकालीन रोगहरू अन्य सरुवारोग, पोषणविमुखताको स्थिति र मातृ तथा शिुशु अवस्थामा हुने मृत्युलाई पछि पार्दै मृत्युकाे मुख्य कारकका रूपमा अग्रपंक्तिमा देखिएका छन्।
सन् २०१३ मा सम्पन्न ‘एनसीडी रिस्क फ्याक्टरस् स्टेप्स् सर्भे’ (स्टेप्स) ले यी नसर्ने दीर्घ रोगको रिस्क फ्याक्टर अर्थात् जोखिम तत्त्वसम्बन्धी समष्टिगत रूपमा तथ्य उपलब्ध गराए पनि अहिलेसम्म राष्ट्रियस्तरमा नसर्ने दीर्घ रोगहरूको भार कति छ भन्ने कुनै अनुसन्धान नभएको स्थिति छ। उक्त सन्दर्भमा नसर्ने दीर्घ रोगसम्बन्धी यो राष्ट्रिय सर्वेक्षणले नेपालमा भएका प्रमुख दीर्घ रोगहरू (मुटुरोग र दम, मधुमेह, मिर्गौलासम्बन्धी रोगको) स्थिथि पत्ता लगाउनेछ।
कसरी?
यो अनुसन्धान २० वर्ष र योभन्दा माथि उमेरका १३ हजार दुई सय व्यक्तिमा गरिएका थियो। उक्त अनुसन्धन नेपालका ७२ जिल्लाका ४०० क्लस्टरमा सन् २०१६ देखि २०१८ सम्म विभिन्न स्तरमा गरिएको थियो। यो अनुसन्धान दुई चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरण अथवा दिन १ मा छानिएका सहभागीसँग अन्तर्वार्ता लिइयो भने दोस्रो चरण अर्थत् दिन २ मा सहभागीको रगत र पिसाबको जाँचका साथै मुटु र छातीको जाँच गरियो।
यसका साथै पहिलो चरणको तथ्यांक संकलन सकिएको तीन महिनापश्चात् दीर्घकालीन मिर्गौलारोगी पत्ता लगाउन पुनः ती व्यक्तिहरूको एसी रेसियो(अल्बुलिन र त्रियटिनिन अनुपात) ३० र सोभन्दा माथि छ भनी उनीहरूले रगत र पिसाबको नमुना संकलन गरी जाँच गरियो।
के–के प्राप्त भए?
देशव्यापी रूपमा गरिएको यो अनुसन्धानबाट ११.७ प्रतिशत व्यक्तिमा दमरोग भएको पाइयो। यसैगरी ८.६ प्रतिशतमा मधुमेह, ६ प्रतिशतमा दीर्घकालीन मिर्गौलारोग र २.९ प्रतिशतमा मुटुरोगको समस्या देखियो। धेरैजसो व्यावहारिक र जैविक जोखिमका तत्त्वहरू, जस्तै– सुर्ती सेवन, मादकपदार्थ सेवन, दमरोगको जोखिम, रगतमा चिनीको उच्च मात्र र उच्च रक्तचाप महिलामा भन्दा पुरुषमा बढी देखियो।
समाधान
यो अनुसन्धानबाट नेपालमा नसर्ने दीर्घरोहरूको भार बढी भएको तथा बढ्दो जोखिमतत्त्वले यसको भार बढाइरहेको देखिएको छ। यस्तो अवस्थामा उचित स्वास्थ्य प्रव र्धन र दीर्घकालीन रोगहरूको रोकथामसम्बन्धी कार्यक्रम आवश्यक देखिन्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदकाे सर्वेक्षणमा आधारित





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’