हैजाका यी हुन् लक्षण, बच्न अपनाउनुस् सावधानी
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले मंगलबार काठमाडौंका एकजनामा हैजा देखिएको बताएको छ। काठमाडौं महानगरपालिका १३ का ४५ वर्षीय एक पुरुषमा हैजा देखिएको अस्पतालले जनाएकाले अरूमा पनि यसकाे असर नदेखिएला भन्न सकिँदैन।
हैजा विशेषगरी दूषित पानीको माध्यमबाट मानिसलाई लाग्छ। शरीरमा हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि पातलो दिसा लाग्छ। गोडा बाउँडिने, तारन्तार बान्ता हुने, छाला चाउरी पर्ने र आँखा गाडिनुका साथै मुख सुख्खा हुने समस्या देखिन्छ ।
रक्तचाप कम हुने, धेरै पसिना आउने, रिङ्गटा लाग्ने र टाउको अत्यधिक दुख्ने लक्षण पनि देखिन्छ। यस्ता लक्षण देखिएलगत्तै उपचार नगरे संक्रमित मानिसको मृत्युसमेत हुन्छ। त्यसैले हैजाको लक्षण देखिनेबित्तिकै अस्पताल जानुपर्ने चिकित्सकहरू बताउँछन्।
लामो समयसम्म उपचार नगरिए मुटुको धड्कन छिटो छिटो बढ्ने र बिरामी बेहोससमेत हुन्छ । अन्त्यमा रक्तसञ्चार बन्द भएर बिरामीकाे मृत्यु हुनसक्छ।
हैजाबाट जाेगिन सरसफाइमा विशेष ध्यान दिनुपर्छ। पानी राख्ने भाँडो सफा हुनुपर्छ। धुलो र किटाणु पर्नसक्ने भएकाले पानीकाे भाँडा सधैँ छोपेर राख्नुपर्छ। खानेपनी फिल्टर गरी उमालेर पिउनुपर्छ। सकेसम्म काँचो खानेकुरा सकेसम्म खानु हुँदैन। गाँजर, मुला, काँक्रो र धनियाँ जस्ता नपकाई खान मिल्ने खानेकुरा सफा पानीले राम्ररी पखाल्नुपर्छ।
बाहिरबाट घर आउनेबित्तिकै हातधुने बानी बसाल्नुपर्छ। सकेसम्म खाना बनाउनुअघि साबुन पानीले हात धुने बानी गर्नुपर्छ। खाना खानुअघि धोएको हात सफा कपडाले सुख्खा बनाएर मात्रै खाना खाने गर्नुपर्छ। साबुन नलगाई धोएको हातबाट हैजा नरोकिने चिकित्सक बताउँछन्।
पेट धेरै दुख्ने, वाकवाकी–पखाला लाग्ने, टाउको दुख्ने जस्ता समस्या देखिए स्वास्थ्यकर्मीलाई भन्ने र सकेसम्म छिटो चिकित्सकलाई देखाउनुपर्छ। यस्तै खानेपानी शुद्धीकरण गरेर पिउने, धमिलो पानीमा उमालेर वा निर्रमलीकरणा गरेर, हावाबाट फैलने रोग सर्न नदिन मास्कको प्रयोग गर्नुपर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण