बालरोग विशेषज्ञ डा. अग्रवाललाई मस्तिष्कघात
काठमाडौं : विराटनगरका चर्चित बालरोग विशेषज्ञ डा. विमल अग्रवाललाई मस्तिष्काघात भएको छ। ६ वर्षदेखि कोशी अस्पतालमा कार्यरत अग्रवालको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
डा. अग्रवाल मंगलबार उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पतालमा भर्ना भएका थिए। उपाचारका क्रममा ईसीजी गर्दा केही असहज देखिएपछि इको गरिएको थियो। इकोका क्रममा मुटुको धमनी अवरुद्ध रहेको देखिएको अग्रवालका निकटस्थ एवं कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरेलले बताए।
उपचारका क्रममा मंगलबार रातिबाटै अवस्था गम्भीर बनेपछि डा. अग्रवालका विषयमा भारतको मेदान्त अस्पताल र काठमाडौंका वरिष्ठ चिकित्सकसँग पनि थप उपचारका लागि सल्लाह गरिएको थियो।
नोबेल अस्पतालमा अहिले अग्रवालका परिवारसहित विराटनगरका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, आफन्त, र शुभचिन्तकलगायतको घुइँचाे लागेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’