सर्वसाधारणकाे तथ्यांक ‘अपडेट’ गर्न स्वास्थ्यचौकीमा सफ्टवेयर
बागलुङ : बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्यचौकीले स्थानीयको तथ्यांक अपडेट गर्न सफ्टवेयर सञ्चालनमा ल्याएको छ। सफ्टवेयरले नारायणस्थानका चार हजार सात सयजनाको व्यक्तिगत स्वास्थ्य अवस्थाबारे तथ्यांक राख्नेछ।
सफ्टवेयरमार्फत बालबालिकाले खोप लगाए\नलगाएको, पोषणको अवस्था, गर्भवती तथा कुपोषित महिलाको अवस्था, परिवार नियोजनको अवस्था, उच्च रक्तचाप, मधुमेह, मिर्गौलारोग, क्यान्सरआदिको विवरण तुरुन्तै निकाल्न सकिनेछ।
सफ्टवेयरले प्रत्येक महिला तथा पुरुषको स्वास्थ्य अवस्थाको जानकारी गराउने बताइएको छ। ८० हजार रुपैयाँ लागतमा निर्माण गरिएको सफ्टवेयरका लागि बागलुङ नगरपालिकाले ४० हजार रुपैयाँ र वडा कार्यालयले ४० हजार रुपैयाँ विनियोजन गरेको हो।
सफ्टवेयरको उद्घाटन गर्दै नगरप्रमुख जनकराज पौडेलले अब सबै क्षेत्र प्रविधिमैत्री भएर अगाडि बढ्न आवश्यक रहेको बताए। स्वास्थ्य चौकीले स्थानीय स्तरमै सफ्टवेयर निर्माण गरी प्रत्येक जनताको स्वास्थ्य अवस्थाबारे जानकारी राख्नु उदाहरणीय काम भएको उनले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’