खाडाचक्र नगरपालिकामा बन्दै चार बर्थिङ सेन्टर
कालीकाेट : खाडाचक्र नगरपालिकाले नवजात शिशु र सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यसम्बन्धी तीनवर्षे रणनीतिक योजना तयार पारेकाे छ। याेजनाअनुसार याे वर्ष थप आठ सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ ।
अन्य स्थानीय तहको तुलनामा स्वास्थ्य क्षेत्रमा बजेट बढी विनियोजन गरेको नगर स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुवालले बताए । विनियोजित बजेटबाट औषधि र उपकरण खरिद, स्वास्थ्यकर्मीलाई तलब, महिला स्वास्थ्य स्वयंसेविकालाई विभिन्न सामग्री उपलब्ध गराइएको छ।
विकटताले स्वास्थ्य संस्था पुग्न समस्या भएका खाडाचक्र ४ ताडी, वडा नं. ७ पिली, वडा नं. १० चौकी र वडा नं. ११ बदालकोटमा बर्थिङ सेन्टर सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।
शतप्रतिशत संस्थागत सुत्केरी गराउने, सबै बालबालिकालाई अनिवार्य खोप सेवा उपलब्ध गराउने र चार पटक गर्भ जाँच गराउने, ६ महिनासम्म आमाको दूधमात्र खुवाउने र सबै नवजात शिशुलाई नाभी मलम उपलब्ध गराउने लक्ष्य रणनैतिक योजनामा समेटिएको छ ।
योजना अनुसार सुरक्षित मातृत्व, खोप सेवा, गर्भजाँच र स्वास्थ्य संस्थागत सुत्केरीका लागि चेतनामूलक अभियान सञ्चालन गरिने नगर उपप्रमुख विजया विष्टले बताइन्।
त्यस्तै गर्भर्वतीको स्वास्थ्य जाँच गर्न स्वास्थ्य संस्थामार्फत घुम्ती रूपमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?