काठमाडाैंका एक व्यक्तिमा हैजा
काठमाडाैं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले काठमाडौंमा एकजनामा हैजा देखिएको बताएको छ। काठमाडौं महानगरपालिका १३ का ४५ वर्षीय एक पुरुषमा हैजा देखिएको अस्पतालले जनाएको हो।
झाडापखालाका बिरामी उनी यही वैशाख १७ गते टेकुअस्पतालमा भर्ना भएको र बिरामीको दिसाको नमुना संकलन गरी आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा २२ गते हैजा प्रमाणित भएको अस्पतालले जानकारी दिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट बिरामीको घर गई स्थलगत निरीक्षण गरेको र अन्य परिवारका कुनै पनि सदस्यमा झाडापखाला नदेखिएको अस्पतालको भनाइ छ।
बिरामीको घरबाट विभिन्न स्रोतका तीनवटा पानीको नमुना संकलन गरी पानीको परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा लगीएको र परीक्षणको नतिजा आउन बाँकी रहेको बताइएको छ।
अस्पतालका अनुसार बिरामीको स्थिति हाल सामान्य छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?