बिरामी जाँच्ने मात्र हाेइन अहेबलाई वडा कार्यालयकाे जिम्मा पनि
बागलुङ : बडिगाड गाउँपालिका–५ मा रहेको स्वास्थ्यचौकीका अहेव सुनिल गुप्ता अहिले बिरामीको जाँच र उपचार मात्रै गर्दैनन् नजिकै रहेको वडा कार्यालयमा आउने सबै सेवाग्राहीको कामसमेत गर्छन्।
उनको काम बिरामी जाँच्ने, औषधि दिने र सल्लाह दिने हो तर गाउँपालिकाको कार्यालयले डाका कामको समेत जिम्मेवारी दिएको छ । वडासचिव नभएका कारण उनलाई कार्यालयको जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए। गुप्ताजस्तै बडिगाडकै वडा नं १ मा रहेको स्वास्थ्यचौकीमा कार्यरत यानबहादुर श्रेष्ठलाई पनि वडा कार्यालयको समेत जिम्मेवारी दिइएको छ ।
स्वास्थ्यचौकी र वडामा आउने सेवाग्राहीको काम उनीहरू पालैपालो गर्छन्। निसीखोला गाउँपालिकाको वडा नं ६ मा अहेव जुनी घर्तीले स्वास्थयचौकी र वडा कार्यालयको काम धानेका छन् भने निसीखोला–४ मा अहेव ताराकुमारी चन्दलाई खटाइएको छ। कार्यालयको कामकारवाहीका लागि सचिवको अभाव रहेका कारण स्वास्थ्य शाखामा काम गर्ने उनीहरूलाई थप जिम्मेवारी दिएर काम चलाइएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए।
गल्कोट नगरपालिकामा पनि दुई वडा अहेवलाई नै जिम्मा लगाइएको छ । ११ वडा रहेको गलकोटमा पाँच वडा सचिवले नौ वडा हेर्ने गरेका छन् भने बाँकी दुई वडामा स्थानीय स्वास्थ्यचौकीका अहेवलाई थप जिम्मेवारी दिएर काममा लगाइएको हो । गल्कोट नगरपालिका–२ मा अहेव जमुना कार्की र गल्कोट नगरपालिका–११ मा दिबहादुर श्रीषले स्वास्थ्यचौकीसँगै वडा कार्यालयको कामसमेत गर्दै आएका छन्।
आठ वडा रहेको काठेखोला गाउँपालिकामा पनि एकमात्रै वडा सचिव कार्यरत छन्। प्रायःसबै वडामा सचिव रहेको यो गाउँपालिका कर्मचारी समायोजनपछि खाली भएको हो। सचिव नभएका वडामा कतै गाउँपालिकाका सहायक कम्प्युटर अपरेटर त कतै स्वास्थ्य शाखामा काम गर्नेलाई जिम्मेवारी दिइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण