एनआईसी एसिया बैंकका कर्मचारी र ग्राहकहरूलाई स्पार्क अस्पतालमा छुट
काठमाडौं : स्पार्क हेल्थ होम अस्पताल र एनआईसी एसिया बैंकबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सोमबार सम्झौतापत्रमा स्पार्क अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजाल र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले हस्ताक्षर गरे।
यसँगै एनआईसी एसिया बैंककाे कार्ड भएका कर्मचारी तथा सम्पूर्ण सेवाग्राहीलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने अस्पतालका प्रबन्ध निर्देशक रिजालले बताए। ‘हामीले उहाँहरूलाई अस्पतालमा पाइने सेवामा विशेष छुट प्रदान गर्नेछौँ, उनले भने, ‘त्यसका लागि कार्ड अनिवार्य लिएर आउनुपर्नेछ।’ यो सँगै बैकका कर्मचारी तथा सेवाग्राहीले अब स्पार्क अस्पतालका तीनवटै शाखा सतुंगल,भत्तपुर र चाबहिलमा समेत सेवामा छुट पाउनेछन्।
कालिमाटीस्थित उक्त अस्पताल प्राकृतिक उपचार गर्ने पुरानो र विशिष्टीकृत केन्द्रको रूपमा परिचित छ। अस्पतालले बिरामीको सुविधाका लागि विभिन्न संघ, संस्थासँग मिलेर वेला वेलामा उपचारमा विशेष छुटका प्याकेज ल्याउने गरेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?