रूकुमका छात्रालाई सेनेटरी प्याड बनाउने तालिम
रूकुम : महिनावारी हुँदा छात्रा विद्यालयमा उपस्थित नहुने तथा कक्षा छाडेर जाने समस्या अन्त्य गर्न रुकुम पश्चिममा छात्राहरूका लागि प्याड निर्माण तालिम सञ्चालन गरिएको छ। शिक्षिका र छात्राका लागि सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको हो ।
रुकुम पश्चिमका मुसीकोट नगरपालिकाका १४ वटै वडाका २७ वटा विद्यालयका शिक्षिका र छात्रा महिनावारी भएको बेला प्रयोग गरिने सेनेटरी प्याड निर्माण गर्ने तालिममा सहभागी भएका छन्। मुसीकोट नगरपालिकाका २७ जना शिक्षिका र १३५ जना छात्रा गरी जम्मा १६२ जनाले सेनेटरी प्याड निर्माण तालिम सिक्ने मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनार केसीले जानकारी दिइन्।
महिनावारीको समयमा विद्यालयमा छात्राहरू अनुपस्थित हुने तथा कक्षा छोड्ने क्रम बढेपछि मुसीकोट नगरपालिका याे अभियान शुरु गरेको हो। पहिलो चरणमा मुसीकोट नगरपालिकाका सात विद्यालयमा तालिम चलाइएको छ।
तालिममा मुसीकोट नगरपालिकाको त्रिभुवन जनता माध्यामिक विद्यालयमा सात विद्यालयका छात्रा र शिक्षिका सहभागी रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?