Health TV Online
Health TV Online
Health TV Online

राेल्पामा हरेक वर्ष ३०० क्षयराेगी

राेल्पामा हरेक वर्ष ३०० क्षयराेगी

रोल्पा : रोल्पामा हरेक वर्ष ३०० बढी क्षयरोगका बिरामी देखिने गरेका छन्। यस्ता बिरामीमध्ये ९० प्रतिशत बढी उपचारपछि निको हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ।

कार्यालयका अनुसार जिल्लामा १८७ यस्ता बिरामीमा खतरनाक किटाणु देखिएको छ। यसैगरी फोक्सोमा क्षयरोग भएका ३३ बिरामीले उपचार गराएका छन्। तीन बिरामीको भने अन्य अङ्गमा यस्तो रोग देखिएको स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी नोखराज पोखरेलले जानकारी दिए।

क्षयरोग परीक्षणमा आउनेमध्ये ९८ प्रतिशतलाई एचआईभीको समेत परीक्षण गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ। जिल्लामा एक हजार ६४४ शङ्कास्पद क्षयरोगका बिरामीले खकार परीक्षण गराएका थिए।

क्षयरोग परीक्षणका लागि खकार सङ्कलन गरी कुरियरमार्फत पठाउने गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए।  जिल्लाको पूर्वी र दक्षिणी भागमा क्षयरोगका बिरामी बढी देखिएको स्वास्थ्य कार्यालयलले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार