नियन्त्रणमा आयो बाजुराकाे भाइरल ज्वराे
बाजुरा : हिमाली गाउँपालिका–५ बँच्छ्या, क्युडी र वडा नम्बर ६ को पाडीमा फैलिएको भाइरल ज्वरोको सङ्क्रमण सामान्य हुँदै गएको छ। गाउँ नै प्रभावित हुने गरी फैलिएको सङ्क्रमण सामान्य हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको हाे।
रोगको सङ्क्रमणबाट प्रभावित निको हुँदै गएका छन् भने थप व्यक्तिमा सङ्क्रमण नदेखिएको कार्यालय प्रमुख अशोक सिंहले जानकारी दिए। गाउँमा चार दिनदेखि स्वास्थ्यकर्मीको टोली उपचारार्थ खटिरहेको छ। सङ्क्रमण फैलिएको प्रत्येक गाउँमा स्वास्थ्यकर्मी खटिएका छन्। सङ्क्रमणका कारण ६ नं वडा पाडीमा १४०, ५ नं वडा बिच्छ्यामा ४० र क्युडीमा ९३ स्थानीयवासी बिरामी परेका थिए। उपचारपछि सबैजसो बिरामी सामान्य अवस्थामा आइपुगेका छन्।
समयमै उपचार नपाउँदा क्युडीगाउँकी ५५ वर्षीया छञ्चकला बुढाको ज्यान गएको छ भने पाँडीका दुई बृद्ध थला परेका छन्। ८० वर्ष कटेका दुवैमा रुघाखोकी निको भए पनि थप अरु सङ्क्रमण देखिएपछि स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीन वटै गाउँमा स्वास्थ्यकर्मी खटिएका छन्।
औषधिसहित क्युडीमा अहेब माया पाण्डे र अनमी चन्द्रा थापा, बच्छ्यामा अहेव धनबहादुर फँडेरा, पाडीमा हेल्थ असिस्टेन्ट धर्मदत्त बुढा, अहेब वासुदेव पाण्डेको टोली खटिएको छ। कुनै प्रकारको उपचार सेवा र औषधिको कमी नहुने गरी टोली खटाइएको गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले जानकारी दिए।
भाइरल ज्वरोको सङ्क्रमण हुम्लाको ताँजाकोटबाट फैलिएको स्वास्थ्यकर्मीले अनुमान गरेका छन्। ताँजाकोटमा १० बढीले ज्यान गुमाएका छन्। सँगै जोडिएका छिमेकी गाउँ भएकाले छिटो सङ्क्रमण फैलिएको र केही समस्या मौसम परिवर्तनले पनि निम्त्याएको उपचारमा संलग्न अहेव धनबहादुर फँडेराले जानकारी दिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’