आयुर्वेद उपचारमा बिरामीको आकर्षण, तर छैनन् चिकित्सक
तेह्रथुम : जिल्लामा आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढेको छ। ३० प्रकारका रोगको उपचार गर्दै आएको जिल्ला आयुर्वेद औषधालयमा दैनिक २५ जनाभन्दा बढी बिरामी आउने गरेका छन् ।
बिरामीको संख्या प्रत्येक वर्ष बढिरहेको तर दरबन्दी अनुसारका डाक्टर, कविराज र वैद्य नहुँदा उपचारमा समस्या भएको कार्यालय प्रमुख डाक्टर राजकुमार मिश्रले बताए । ग्याष्टिक, रक्तचाप, जण्डिस, श्वासप्रश्वास, अमलपित्त, मधुमेह, दम, बाथ, छालाजन्य रोग, मूत्ररोग, पायल्स, पिनास, हातखुट्टाका जोर्नी दुख्ने लगायतका बिरामीले आयुर्वेदिक उपचार पद्धति नै रोज्ने गरेको उनकाे भनाइ छ।
ग्रामीण क्षेत्रदेखि शहर बजारका बिरामी समेत पछिल्लो समय उपचारका लागि आयुर्वेदिक पद्धति अपनाउन थालेका छन् । आयुर्वेदिक पद्धतिबाट उचार गरीएका धेरै बिरामीको रोग निदान समेत भएको छ । हाल प्रदेश सरकार मातहत आएको आयुर्वेद स्वास्थ्य केन्द्रमा पर्याप्त औषधी र दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा बिरामीको उपचारमा समस्या भएको प्रमुख मिश्रले बताए।
गत आर्थिक वर्षमा चार हजार दुई सय २९ बिरामी उपचारका लागि आएका आयुर्वेद स्वास्थ्य केन्द्रमा आएका थिए। औषधालयमा गत आवमा दुई हजार एक सय ६५ महिला र दुई हजार ६४ पुरुष बिरामीले उपचार गराएका थिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य