एम्बुलेन्समा गाँजा ओसारपसार
हेटौँडा : भारतीय एम्बुलेन्सको प्रयोग गरी नेपालबाट गाँजा ओसारपसार हुने गरेको पाइएको छ। मकवानपुरको हेटौँडा–१५ लच्कामा रोकिराखेको एम्बुलेन्समा आइतबार ६४ किलो गाँजा बरामद भएपछि यस्तो रहस्य खुलेको हो।
इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी अरुणकुमार कुशवाहको कमाण्डमा रहेको गस्ती टोलीले शंकास्पद अवस्थामा रोकिराखेको भारतीय बीआर ०६ पी ५६०५ नम्बरको एम्बुलेन्सकाे ड्राइभरको सिट पछाडि लुकाइराखेको गाँजा बरामद गरेको हो।
एम्बुलेन्स चालक तथा तस्करहरू भने फरार रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?