ब्लड बैंक नहुँदा रगतका लागि सेना–प्रहरीकै भर
संखुवासभा : जिल्लामा एक सरकारीसहित आधा दर्जन अस्पताल छन्, तर ब्लड बैंक छैन। त्यसैले जटिल प्रकारका बिरामीको उपचारमा रगत चाहिए नेपाली सेना र नेपाल प्रहरीको भर पर्नुपर्छ।
उपचारमा आएका बिरामीलाई तत्कालै रगत चाहियो भने जिल्लामा रहेका सेना र प्रहरीले रक्तदान गर्दै आएका छन्। तर, कुनै समय रक्तदाता सेना र प्रहरी समयमै उपस्थित हुन नसक्दा समस्या हुनेको छ। बिरामीले तत्काल रगत नपाउने र रक्त समूह (ब्लड ग्रुप)समेत नमिल्नाले उपचार प्रभावित हुने गरेकाे छ।
नेपाल रेडक्रस सोसाइटीले २०५३ सालमा आकस्मिक रक्त सञ्चार सेवा स्थापना गरे पनि यहाँ रक्त समूह छुट्याउने काम मात्र हुने गरेको छ।
जिल्लामामा ब्लड बैंक नहुँदा तत्काल शल्यक्रिया गर्नुपर्ने, गर्भवती र गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्ने गरेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य