अज्ञात राेगले गाउँ नै प्रभावित
खलङ्गा : अज्ञात रोगका कारण जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन्। पहिचान नभएको रोगबाट गाउँ नै प्रभावित भएको हो।
रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको छ।
प्रत्येक घरमा बिरामी खाली नभएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए। उनका अनुसार विद्यार्थी शिक्षकसमेत बिरामी परेपछि पठनपाठनसमेत प्रभावित भएको छ ।
रोगले बिस्तारै तातोपानी–७ का सर्मी, सुर्की, ताम्ती र बारागाउँमा समेत असर पारेको वडा नम्बर ७ का अध्यक्ष मकरबहादुर रावतले बताए। छिट्टै स्वास्थ्यचौकीसँग समन्वय गरेर उपचार अघि बढाउने उनको भनाइ छ।
जनता सेवक आधारभूत काटिया सर्मीका विद्यार्थीको स्वास्थ्य अवस्था बुझेर उपचार गरिने लामाबगर स्वास्थ्यचौकीका इञ्चार्ज भूपेन्द्र पाण्डेले बताए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य