भीरमाैरीकाे मह खाँदा सातजना बिरामी
काठमाडाैं : धादिङकाे रुवीभ्याली गाउँपालिका ४ बोराङमा भीरमौरीको मह खाँदा सातजना गम्भीर बिरामी भएका छन्। गम्भीर बिरामी भएका दुई जनालाई उद्धार गरी हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ।
मह खाँदा मोक्ता लामा तामाङ, हिमाल विक, लालु विक, सुष्मा तामाङ, मि लामा तामाङ, कान्छा लामा र तेसमान तामाङ बिरामी परेकाे वडा नं. ४ का अध्यक्ष प्रशान्त तामाङले बताए। बिरामीमध्ये कान्छा र तेसमान सिकिस्त भएपछि तत्काल हेलिकाेप्टरबाट काठमाडौं लगिएकाे उनले जानकारी दिए।
अन्य बिरामीको सेर्तुङस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। आइतबार बिहान मह खाएपछि उनीहरूले काम्ने, बान्ता गर्ने गरेकाे स्थानीयले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?