इजरायलकाे आक्रमणमा गर्भवती नमारिएको दाबी
इजरायली सेनाले आफूले गरेकाे हवाइ आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको गाजाका अधिकारीहरूकाे दाबी अस्वीकार गरेको छ। इजरायली सेनाले हमास समूहकाे गोली प्रहारमा उनीहरूको मृत्यु भएको दाबी गरेको छ।
आतङ्ककारी संगठनले फैलाएको यो एक प्रचार मात्र भएको इजरायली सैनिक प्रवक्ता रोनेन मनेलिस्ले आफ्नो ट्वीटमार्फत बताएका हुन्।
गाजाका स्वास्थ्य मन्त्री इजरायलले गरेको हवाइ आक्रमणमा अबु आरार र उनकी १४ महिनाकी छोरीको घरमा नै मृत्यु भएको बताएका थिए।
प्यालेस्टाइनी आतङ्ककारी समूहले गाजातर्फबाट ४ सय ३० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण