गाउँमै पुगेर स्वास्थ्य टाेलीद्वारा गर्भवतीको अल्ट्रासाउण्ड
हुम्ला : जिल्लाको उत्तरी दुर्गम ग्रामीण बस्तीमा रहेका स्वाथ्य चौकीमै गएर गर्भवतीहरूको अल्ट्रासाउण्ड गरिएको छ।
जिल्ला अस्पतालका डा. टासी लामाको प्रयासमा चीनको तिब्बतसँग जोडिएका गाउँबस्तीमा सेवा दिइएको हो। नाम्खा गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा स्थानीय १२ गर्भवती महिलाले सेवा लिएको स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले बताए। अल्ट्रासाउण्डकै लागि जिल्लामा आउन नसक्ने गर्भवती महिलाहरूलाई याे अभियानले सहज भएको छ।
लामाका अनुसार यो सेवाबाट गर्भ जाँच गराउन नसकेका गर्भवती महिलाको गाउँमै गएर पहिलोपटक जाँच गरिएको हो। मातृ शिशु मृत्युदरमा सुधार ल्याउन गर्भवती जाँचलाई प्राथमिकता दिने उद्देश्यले जिल्ला र प्राथमिक स्वास्थ्य केन्द्रले यो अभियान ल्याएको उनले बताए।
सरकारले हिमाली जिल्लामा नियमित स्वाथ्य संस्थामा गर्भ जाँच गराएआठ सय र सुत्केरी गराएमा तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने गरेको छ। अहिलेसम्म नाम्खा गाउँपालिकामा गर्भ जाँच गराउनेको संख्या न्यून छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?