बाख्राको मासु खाँदा गाउँका १५ जना बिरामी
डोटी : बाख्राको मासु खाँदा जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका १५ जना बिरामी परेका छन्। सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका मानिस बिरामी परेका हुन्।
बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ काे दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार हुँदैछ भने तीन जनाको स्थानीय मौवा स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताए।
शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले मासु खाएर बिरामी परेकामध्ये केहीको स्वास्थ्य गम्भीर रहेको र केहीकाे क्रमिक सुधार भइरहेको बताए। स्थानीयले खाएको बाख्रामा केही रोग भएको हुनसक्ने उनले जानकारी दिए।
बाख्राको मासु खाँदा किन यसरी गाउँले बिरामी परे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?