९० जनालाई एचआईभी सार्ने पाकिस्तानी चिकित्सक पक्राउ
कराँची : सङ्क्रमित सुई प्रयोग गरी कम्तीमा ९० जनालाई एचआईभी सारेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन्। एचआईभी संक्रमितमध्ये ६५ बालबालिका रहेकाे अधिकारीहरूले जनाएका छन्।
स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरूबाट उजुरी परेपछि चिकित्सकलाई गिरफ्तार गरेकाे बताए। उनले ती चिकित्सकलाई समेत एचआईभी सङ्क्रमण रहेको सूचना प्राप्त भएको जानकारी दिए।
कराची बाहिरको लर्काना शहरका १८ जना बालबालिकामा एचआइभी सङ्क्रमित भएको पाइएपछि स्वास्थ्य अधिकारीहरूले अनुसन्धान गरेका थिए । त्यसपछि अरु सङ्क्रमितहरु भेटिएका थिए।
सिन्ध प्रान्तका स्वास्थ्य मन्त्री अजरा पेचुहोले पनि चिकित्सक पक्राउ परेको जानकारी दिए। सङ्क्रमित बालबालिकाका बाबुआमाको पनि रक्त परीक्षण गर्दा उनीहरूमा एचआईभी नदेखिएकाे उनले बताए।
पाकिस्तानमा एचआइभी सङ्क्रमितको संख्या कम छ तर, पछिल्लो समय यो फैलिने क्रममा छ। सिरिञ्जबाट लागूऔषध लिने, यौनकर्मी र खाडी राष्ट्रबाट फर्किएका आप्रवासी कामदारमा एचआईभी भेटिने गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण