अज्ञात रोगका कारण बाजुरामा दुई महिलाको मृत्यु
मार्तडी : बाजुराकाे उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकामा केही दिन यता फैलिएको अज्ञात रोगका कारण दुई महिलाको मृत्यु भएको छ।
हिमाली गाउँपालिका–५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढाको मृत्यु भएको रुगिन स्वास्थ्यचौकीमा कार्यरत अनमी प्रेमकला मल्लले जानकारी दिइन्। उनका अनुसार सोही गाउँपालिका–५ नदापाटाकी ५० वर्षीया हैकला भण्डारीको मृत्यु भएको छ।
क्युडीमा सामान्य रुघाखोकी, ज्वरोको प्रकोप फैलिएको स्थानीय छप्कीबहादुर बुढथापाले बताए। उनका अनुसार गाउँमा ज्वरोका कारण नदापाटा र क्युडीका अधिकांश स्थानीय बिरामी परेका छन् ।
बिरामी भएका अधिकांशलाई सामान्य टाउको दुख्ने ज्वरो आउने बिरामी थला पर्ने र नाक, मुखबाट रगत आउनेजस्ता लक्षण देखापरेको बुढथापाको भनाइ छ ।
मृत्यु भएको खबर पाएपछि रुगिन स्वास्थ्य चौकी प्रमुख धनबहादुर फडेराको नेतृत्वमा आजै क्युडितिर स्वास्थ्यकर्मीको टोली गएको अनमी मल्लले बताए।
जिल्ला सदरमुकाम मार्तडीबाट करीब ४० कोष पैदल दूरी पर्ने रुगिन स्वास्थ्य चौकीमा बिरामीको घुइँचो छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?