गण्डकी प्रदेशमा अब पाइनेछैन सुर्तीजन्य पदार्थ उपहार दिन, दिए १० हजार जरिवाना
पोखरा : ‘सुर्ती तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’प्रमाणीकरण भएसँगै गण्डकी प्रदेशमा सुर्तीजन्य पदार्थ कसैले पनि वितरण गर्न वा उपहार दिन नपाइने भएको छ।
उक्त विधेयक प्रदेश प्रमुख बाबुराम कुवँरले बिहीबार प्रमाणीकरण गरेका हुन्। मानव स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न सरकारले यो विधेयक ल्याएको बताएकाे छ।
ऐनमा विधेयकमा उल्लेख भए अनुसार चुरोट, सुर्तीसँगै अन्य सुर्तीजन्य पदार्थ बिँडी, सिगार, तम्बाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, जर्दा, गुट्खा आदि कसैले पनि वितरण गर्न वा उपहार दिन पाउने छैन। फुटकर रूपमा चुरोट, खिल्ली बिक्री वितरण गर्न पनि विधेयकले गैरकानुनी मानेको छ। कसैले वितरण गरे १० हजार रुपैयाँ जरिवाना हुनेछ।
विधेयकको दफा १० मा उल्लेख भएअनुसार सुर्तीजन्य पदार्थको कसैले पनि पत्रपत्रिका तथा विभिन्न सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ बोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिह्न, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट यसको विज्ञापन प्रवर्धन गर्न, कुनै कार्यक्रम, समाचार, सूचना सम्प्रेषण, प्रायोजन गर्न पाउने छैनन्।
अब १८ वर्ष नपुगेकाले बिक्री वितरण गर्न पाउने छैन। किन्न पनि पाउने छैन। बिक्रेताले शंका लागेको खण्डमा किन्ने मान्छेसँग उमेर खुल्ने परिचयपत्र माग्नसमेत पाउने व्यवस्था विधेयकमा उल्लेख छ।
सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने क्षेत्र पनि विधेयकले यकिन गरेको छ। शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, जेष्ठ नागरिक केन्द्र, पुनःस्थापना केन्द्र, अनाथालय र नेपाल सरकार तथा प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय १०० मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न\ गराउन पाइने छैन।
विधेयकको दफा ११ को (३) मा रहेको व्यवस्था उल्लंघन गरे १० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ। विज्ञापन सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा नियन्त्रणको लागि विधेयक बनेपछि त्यस्ता पदार्थको प्याकेटको बाहिरी आवरणमा ‘याे पदार्थ हानिकारक छ, स्वास्थ्य खराब पार्छ’ भन्ने व्यहाेराका ९० प्रतिशत चेतावनी मूलक विज्ञापन अनिवार्य राख्नुपर्ने भएको छ।
संघीय ऐनले सुर्तीजन्य पदार्थको कम्तीमा ७५ प्रतिशत भाग चेतावनीमूलक सन्देश नेपाली भाषामा लेख्नुपर्ने व्यवस्था गरेकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण