Health TV Online
Health TV Online
Health TV Online

तुलसीपुर उपमहानगरपालिकाका तीन नयाँ एम्बुलेन्स प्रयाेगमा आएनन्

तुलसीपुर उपमहानगरपालिकाका तीन नयाँ एम्बुलेन्स प्रयाेगमा आएनन्

दाङ : तुलसीपुर उपमहानगरपालिकाले खरिद गरेका तीनवटा एम्बुलेन्स सम्बन्धित स्वास्थ्य संस्थामा पुगेका छैनन्। ल्याएकाे दुई महिना पुग्दासमेत ती एम्बुलेन्स कार्यालय परिसरमै थन्किएका छन्।

चालू आर्थिक वर्षभित्र आठवटा एम्बुलेन्स खरिद गर्ने लक्ष्य राखे पनि हालसम्म तीनवटा एम्बुलेन्स मात्र खरिद गरेको छ। सम्बन्धित स्वास्थ्य संस्थाको एम्बुलेन्समा नाम लेखे पनि सम्बन्धित स्वास्थ्य संस्थामा पुर्याइएको छैन।

एम्बुलेन्समा तुलसीपुर उमपहानगरपालिका १ पवनगर स्वास्थ्य चौकी, तुलसीपुर १३ फूलबारी स्वास्थ्यचौकी र तुलसीपुर १९ बिजौरी स्वास्थ्यचौकी लेखिएको छ। तुलसीपुर उपमहानगरपालिका १ का वडाध्यक्ष लक्ष्मण भण्डारीले नामसारी र बिमा बनाएर हस्तान्तरण गर्ने भन्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालय परिसरमै राखिएको बताए।

तुलसीपुर उपमहानगरपालिका १३ का वडाध्यक्ष डम्बरबहादुर न्यौपानेले किन र कसरी राखिएको भन्ने आफूलाई जानकारी नभएको बताए। सम्बन्धित क्षेत्रमा पुयाउनुपर्ने एम्बुलेन्स परिसरमै थन्किनु दु:खद भएको उनकाे भनाइ छ।

स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्डअनुसार तुलसीपुर उपमहानगरपालिकाको स्वस्थ्य चौकीमा सञ्चालन गर्ने एम्बुलेन्सहरूमा एसी र अक्सिजनसहितको सुविधा हुनुपर्ने व्यवस्था छ। तर, ती एम्बुलेन्समा कुनै सुविधा छैन।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजु आचार्यले एम्बुलेन्स सञ्चालन कार्यविधि तयार नभएको र प्राविधिक समस्याका कारण सम्बन्धित स्वास्थ्य संस्थामा पुयाउन नसकिएको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार