हुम्ला अस्पतालमा सुत्केरीकाे जटिल शल्यक्रिया
हुम्ला : जिल्ला अस्पतालमा जटिल सुत्केरी महिलाको सफल शल्यक्रिया गरिएको छ। अस्पतालमा यसअघि सामान्य शल्यक्रिया भए पनि सुत्केरी महिलाको जटिल शल्यक्रिया सेवा उपलब्ध थिएन।
अस्पतालले एकै दिनमा चार वटा शल्यक्रिया गरेको छ। अस्पतालमा दुई एमजीडीपी डाक्टर र अन्य सहयोगी स्टाफको व्यवस्था हुँदा उक्त सेवा दिन सफल भएको डा.अमृत विष्टले बताए। खार्पुनाथ गाउँपालिका–३ राया गाउँकी २८ वर्षीया जौका टमटाको जटिल सुत्केरीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
यस्तै, हड्डी र मासु जोड्ने टेण्डन रिप्युटर अप्रेसन पनि भएको छ। त्यस्तै, अर्को सुत्केरी र दुई कान च्यातिएका बिरामीको शल्यक्रिया सफल भएको अस्पतलले जनाएको छ।
जिल्लामा विशेषज्ञ डाक्टर र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता थियो। जिल्ला अस्पतालमा सेवा थप भएपछि उक्त बाध्यता हटेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?