Health TV Online
Health TV Online
Health TV Online

नेपालमा पहिलाेपटक बर्डफ्लुले एकजनाकाे मृत्यु

नेपालमा पहिलाेपटक बर्डफ्लुले एकजनाकाे मृत्यु

काठमाडौं : नेपालमा पहिलो बर्डफ्लु भाइरसका कारण एकजनाको मृत्यु भएको भएको छ। स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी पहिलोपटक ‘इन्फ्लुयन्जा ए एच वान एन वान’ संक्रमणबाट एक युवककाे मृत्यु भएको जानकारी दिएको हो।

अघिल्लाे महिना चैत १० गते ती युवक ज्वरो र खोकीको बिरामी भएर अस्पतालमा भर्ना भएको र उपचारका क्रममा चैत १५ गते मृत्यु भएको स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले बताइन्।

उनकाे मृत्युपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र्याल परीक्षण गर्दा भाइरसको प्रकार यकिन गर्न सम्भव नभएपछि नमुना परीक्षणका लगि विश्व स्वास्थ्य संगठन कोलावरेटिङ सेन्टर फर इन्फ्लुयन्जा जापानमा पाएको नतिजा गत मंगलबार आएको मन्त्रालयले जनाएकाे छ।

त्यसपछि याे विषयमा नियमित निगरानी राखिएकाे र यसक्रममा कुनै पनि बिरामीकाे प्रयाेगशाला परीक्षणमा उक्त भाइरसकाे संक्रमण नदेखिएकाे डा. चाैधरीले जानकारी दिइन्।

पन्छीमा पटकपटक देखिएको बर्डफ्लु नेपालमा पहिलोपटक मानिसमा देखिएपछि सतर्कता अपनाएको मन्त्रालयले जनाएकाे छ।

सन् १९९६ मा याे भाइरस पत्ता लागेपछि सन् २००३ देखि हालसम्म ८६० मानिसमा याे राेगकाे संक्रमण भएकाे पाइएकाे विश्व स्वास्थ्य संगठनकाे तथ्यांक छ। त्यसमध्ये ४५४ जनाकाे मृत्यु भइसकेकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार