काठमाडौं क्यान्सर सेन्टरमा हाई डोज रेट ब्राकिथेरापी सेवा शुरु
काठमाडौं : भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले हाई डोज रेट ब्राकिथेरापी सेवा शुरु गरेको छ।
यसको प्रयोगबाट पाठेघरको मुखको क्यान्सर, प्रोस्टेट, मुखको क्यान्सर, स्तन र खाने नलीको क्यान्सरलगायत अधिकांश क्यान्सरमा रेडियोथेरापी दिन सकिने अस्पतालले जनाएको छ।
आधुनिक थ्रीडी प्लानिङ सहितको उक्त विश्वस्तरीय प्रणाली क्यान्सरको उपचारमा याे विधि निकै नै सुरक्षित र प्रभावकारी मानिन्छ।
सेन्टरले बुधबारदेखि विभिन्न क्यान्सरहरूमा, विशेषगरी पाठेघरको मुखको क्यान्सरको उपचारमा अत्यन्त महत्त्वपूर्ण मानिने यो उपचार प्रविधि शुरु गरेसँगै क्यान्सरका बिरामीले अस्पतालमा सहज उपचार पाउने भएका छन्।
अस्पतालमा विरामीले रेडियोथेरापीसँगै केमोथेरापी, प्यालिएटिभ केयर, रेडियोलोजी, फिजियोथेरापी, र फार्मेसी सेवा पाइरहेका छन्। अस्पतालमा छिट्टै नै क्यान्सर शल्यक्रिया सेवा पनि शुरु हुने अस्पतालका प्रमुख तथा क्यान्सर रोग विशेषज्ञ डा. सिमित सापकोटाले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?