Health TV Online
Health TV Online
Health TV Online

सडकमै सवारी चालककाे स्वास्थ्य जाँच

सडकमै सवारी चालककाे स्वास्थ्य जाँच

गुल्मी : सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गुल्मीमा सडकमै चालकको स्वास्थ्य जाँच गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले एक हप्ते कार्यक्रम अन्तर्गत सडकमै स्वास्थ्य शिविर राखेर चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य जाँच गरेको हो।

बुधबार सदरमुकाम तम्घासको बसपार्कमा जिल्ला अस्पतालका विशेषज्ञ डाक्टरसहित सडकमै स्वास्थ्य शिविर राखेर झण्डै ६० भन्दा बढी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक नारायण खनालले बताए।

जाँचका क्रममा कतिपयको ‘ब्लड प्रेसर हाइ’ भएको पाइएको र उनीहरूलाई निरन्तर औषधि सेवन गरेर मानसिक तनाव नलिइ सवारीसाधन चलाउन सुझाव दिइएको खनालले बताए।

दुर्घटना न्यूनीकरण सम्बन्धमा ‘ठाउँको ठाउँ सुधार’ भन्ने अभियानका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयले गुल्मीले दुर्घटना न्यूनीकरणको लागि एक हप्ते जनचेतनामूलक कार्यक्रम गरेको हो।

कार्यक्रम अन्तर्गत चरणबद्ध कार्यक्रम गर्दै आएको छ। ट्राफिक नियम जानकारी नहुँदा दुर्घटना बढ्दै गएको भन्दै प्रहरीले अभियानलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक खनालले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार