के हो औलो रोग? कसरी लाग्छ? बच्न के गर्ने?
तराईमा मात्र देखिने लामखुट्टे विश्वमा बढ्दो तापमानको असरस्वरूप हिमालमा पनि देखिन थालेकाे छ। औलो रोगको प्रकोप पनि अब तराईमा मात्र सीमित रहेन, हिमालमा पनि देखिन थालेको छ।
औलो अर्थात् मलेरिया लामखुट्टको टोकाइका कारण लाग्ने रोग हो। प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने यो रोग मानिस मात्र नभई अन्य केही जनावरलाई लाग्छ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ।
प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको संक्रमण गराउँछन्। त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको संक्रमण बिरलै गराउने गरेको पाइन्छ। औलोको पहिचान गर्न रगतको नमुनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिन्छ।
बच्न के गर्ने?
यसकाे जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्छ। लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्किने तथा घर वरपर पानी जमेका खाल्डखुल्डी गर्नुपर्छ। राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो।
शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ। स्प्रे, लिक्विड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ। जोखिम युक्त ठाउँहरूको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधि प्रयोग गर्ने गरे औलोबाट जोगिन सकिन्छ।
घर–घर तथा समुदायमा औलोसम्बन्धी जनचेतना फैलाउने, औलोको लक्षणबारे जानकारी दिने र शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा बच्न तथा अरुलाई बचाउन सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण