स्वास्थ्यमा समस्या आएपछि एक दिनअगावै स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी
काठमाडाैं : स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी एक दिनअगावै स्वदेश फर्किएकी छिन्। चीनकाे नाैदिने राजकीय भ्रमणमा गएकी राष्ट्रपति भण्डारी बुधबार बिहान स्वेदश फर्किएकी हुन्।
हाई अल्टिच्युडका कारण स्वास्थ्यमा समस्या आएकाले उनी एक दिनअगावै स्वदेश फर्किएकाे स्वकीय सचिव शिव भट्टराईले जानकारी दिए। राष्ट्रपति भण्डारी वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन्।
मंगलबार ल्हासा पुगेकी राष्ट्रपति भण्डारी त्यतैबाट सोझै काठमाडौं आइपुगेकेकी हुन्। उनलाई स्वागत गर्न प्रधानमन्त्रीलगायत उच्चपदस्थ अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण