१२ वर्षीया कल्पनाकाे दुवै मिर्गाैलामा समस्या, परिवारद्वारा सहयाेगकाे याचना
पाेखरा : १२ वर्षकै कलिलो उमेरमा दुवै मिर्गौलामा समस्या आएपछि म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटकी कल्पना पुनको परिवार चिन्तामा छ।
हाल पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङ बसी दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएका वीरबहादुर पुन र उनकी श्रीमती सीतालाई छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताएको हो।
‘छोरीको उपचारमा अहिलेसम्म १० लाख रूपैयाँ जति खर्च लागिसक्यो, यही पनि ऋणधन तथा आफन्तको सहयोगबाट गरेका हौँ’, उनले भने, ‘चिकित्सकले सम्पूर्ण उपचार गर्न अझै २५ लाखभन्दा बढी लाग्ने भनेका छन्। उपचार खर्च कसरी जुटाउने हो हामी अन्योलमा छौँ।’
चिकित्सकले आफन्तबाट नै मिर्गौला प्रत्यारोपण गर्न सकिए केही खर्च कम लाग्ने भनेको उनले सुनाए। कल्पनाको स्वास्थ्यमा अचानक समस्या आएपछि पुन दम्पतीले कल्पनालाई काठमाडौँस्थित किष्ट अस्पतालमा झण्डै दुई महीना भर्ना गरेका थिए। दुवै मिर्गौला खराब भएको थाहा भएको थियो।
कल्पना पोखरा महानगरपालिका–३३ भरतपोखरीको कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्। पोखरास्थित गण्डकी अस्पतालको मेडिकल वार्डको ४ नम्बर शय्यमा उनकाे उपचार भइरहेको छ ।
सामान्य मजदुरी गर्दै आएको आफूहरूको परिवारमा छोरीलाई अत्यधिक खर्चिलो रोगले च्यापेपछि रातदिन उपचारकै कुराले पिरोलिरहेको वीरबहादुरले बताए। मोबाइल नम्बर ९८२५१४२१२० मा सम्पर्क गरेर वा मुक्तिनाथ विकास बैंकको ००५२१६००३६५१९००००००१ नम्बर खातामा सहयोग गरिदिन उनले अनुरोध गरेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’