नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. दाहालको निधन
काठमाडौं : नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. मुकुन्द दाहालको निधन भएको छ। मंगलबार राति २ बजे बसुन्धरास्थित बीपी स्मृति अस्पतालमा दाहालको निधन भएको संघका महासचिव लोचन कार्कीले जानकारी दिए।
डा. दाहाल लामाे समयदेखि बिरामी थिए। उनी नेपाल सरकारको १०औँ तहका वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए।
उनको निधनमा शोक व्यक्त गर्दै संघले नेपालले चिकित्सा पेशाका एक इमान्दार, कर्मठ र लगनशील अर्थोपेडिक सर्जनलाई गुमाएको बताएको छ।
दाहालको अन्त्येष्टि बुधबार दिउँसो पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?