राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा
काठमाडौंः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झालाई नियुक्त गरिएको छ। डा. झालाई प्रयोगशालामा दोस्रोपटक निर्देशकको जिम्मेवारी दिइएको हो ।
यसअघिका निर्देशक डा. हरिषचन्द्र उप्रेतीले उमेरका आधारमा अवकाश पाएपछि डा झाले सो पदमा जिम्मेवारी पाएकी हुन्।
यसअघि डा. झा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा कार्यरत थिइन्। उनले प्रयोगशालाको गुणस्तर बढाउने र अनुमगनलाई तिव्रता दिने बताइन्।साथै उनले विदेशमा नमुना परीक्षणका लागि पठाउने अवस्थाको अन्त्य गर्दै प्रयोगशालाको विकास र विस्तारमा लाग्ने समेत जोड दिने समेत जानकारी दिइन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य