माग पूरा हुने भएपछि राेकिँदै सरकारी चिकित्सककाे आन्दोलन
काठमाडौं : सरकारले आठौँ देखि ११औा तहसम्मका १२५ जनालाई पुल दरबन्दीमा राख्ने काम अघि बढाउने भएपछि सरकारी चिकित्सकहरूको आन्दोलन तत्कालका लागि स्थगन हुने भएको छ।
कर्मचारी समायोजन र संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सरकारी आफ्ना माग सम्बोधन हुने भएपछि उनीहरूले आन्दोलन स्थगन गर्न लागेका हुन्। सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले पुल दरबन्दीसम्बन्धी प्रक्रिया अघि बढेको पाएकाले आन्दोलन स्थगन गरेकाे बताए।
संघले आफ्ना माग पूरा गर्न सरकारलाई १५ गतेसम्मको समय दिएको थियो। त्यही अनुसार संघले आन्दोलनका कार्यक्रम पनि १५ गतेसम्मलाई स्थगन गरेको थियो। आठौँ तहका ४०, नवौँ र दशौँ तहका ८० र एघारौँ तहका पाँच गरी १२५ जनालाई पुल दरबन्दीमा राख्न स्वास्थ्यले प्रस्ताव गरेको थियो। सामान्यले प्रस्तावलाई स्वीकृति जनाउँदै निर्णयका लागि अब बस्ने मन्त्रिपरिषदमा लैजाने तयारी भएको छ।
कर्मचारी समायोजनमा उपेक्षा गरिएको भन्दै सम्पूर्ण सरकारी चिकित्सकहरूलाई संघअन्तर्गत राखेर काममा खटाउनुपर्ने मागसहित सरकारी चिकित्सक आन्दोलनरत छन्। हाल देशभर विभिन्न तहमा रही एक हजार चार सय सरकारी चिकित्सक छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण