गुल्मीका दुई हजार जना झाडापखालाको जोखिममा
गुल्मी : मुसिकोट नगरपालिका ४ दजाकोटका दुई हजार सर्वसाधारण झाडापखालाको जोखिममा छन्।
प्रदेश ५ सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखाका अनुसार उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको मात्रा प्रशस्त भेटिएकाले त्यहाँका सर्वसाधारण झाडापखालाको जोखिममा रहेका हुन्।
झाडापखाला लागेका व्यक्तिको दिसा जाँच गर्दा ‘इन्टामोयबा हिस्टोलिटिका’ परजीवी भेटिएको र नुनखोलाबाट बग्ने पानी प्रयोग गर्न रोक लगाइएको मन्त्रालयले जनाएकाे छ ।
झाडापखलाका कारण दजाकोटका १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको छ भने १९२ बिरामी उपचाररत छन्। बिरामीमध्ये ५९ वर्षीया कुमारी सिंजालीको उपचार चितवन मेडिकल कलेजमा भइरहेकाे छ। गुल्मी अस्पतालमा ६ जनाको उपचार जारी छ। स्थानीय एक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरी अन्यकाे उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल र मुसिकोट नगरपालिकाको सहभागितामा ‘र्यापिड रेस्पोन्स टिम’ खटाइएको छ। पानी शुद्धीकरण गर्न पाँच हजार चक्की क्लोरिन वितरण गरिएको र झाडापखाला नियन्त्रणमा आइसकेको मन्त्रालयले जनाएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य