हुम्लाकाे मौसमी फ्लु विस्तारै नियन्त्रणमा आउँदै
हुम्ला : ताँजाकोटमा फैलिएको मौसमी फ्लु विस्तारै नियन्त्रणमा आउन थालेको छ। आइतबार चिकित्सकहरू पुगेर उपचार थालेपछि फ्लू नियन्त्रणमा आउन थालेको चिकित्सकहरूले बताए। उनीहरूले अब गम्भीर प्रकृतिका बिरामीहरू नभएको जानकारी दिएका छन्।
आइतबार पुगेका चिकित्सकहरूले शिविर सञ्चालन गरेर बिरामीको जाँच शुरु गरेका थिए। संक्रमण शुरु भएको तीन सातामा १० जनाको मृत्यु भएको थियो।
सोमबार बिहान आठ बजेदेखि सञ्चालन गरिएको शिविरमा आउने अधिकांशमा सामान्य रुघाखोकी, ज्वरो र झाडापखालाको संक्रण देखिएको चिकित्सक डा. केएन पौडेलले बताए। चिकित्सकहरूले स्वाइन फ्लुको शंका गरेका छन्।
भौगोलिक विकटताका कारण एकै ठाउँमा उपचार गर्न नसक्ने भएपछि चिकित्सकले तीन टोली बनाएका छन्। प्रदेश अस्पताल सुर्खेत र मुगुबाट गएका चिकित्सकसहित स्वाथ्यकर्मीहरुले तीन समूह विभाजन गरी छुट्टाछुट्टै ठाउँमा शिविर सञ्चालन गरी बिरामीको जाँच गरिरहेको डा. पौडेलले जानकारी दिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’