सेनिटरी प्याड चाहियाे, मेसिनमा दुई रूपैयाँकाे सिक्का खसाल्नुस्
तनहुँ : विद्यार्थी संख्याको ८० प्रतिशत छात्रा अध्ययन गर्ने तनहुँ व्यास नगरपालिका १ भाउँगाउँको आदिकवि भानुभक्त क्याम्पसमा ‘सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान गरिएको छ।
विभिन्न संघसंस्थाको सहयोगमा आधुनिक सेनेटरी न्याप्किन भेन्डिङ मेसिन जडान गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खले बताए। क्याम्पसलाई लायन्स क्लब अफ काठमाडौंले स्वचालित तथा आधुनिक सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन उपलब्ध गराएको हो ।
भेन्डिङ मेसिनमा दुई रुपैयाँको सिक्का प्रयोग गरी सेनिटरी न्याप्किन प्याड निकाल्ने व्यवस्था मिलाइएको क्याम्पसकी सहप्राध्यापक कल्पना लम्सालले बताइन् ।
महिनावारी भएका वेला यहाँका छात्राले ३/४ दिन नियमित पढाइ नै छुटाउँदै आएका छन् । मेसिन जडानसँगै स्कुल होस् वा क्याम्पसमा पढिरहेका बेला महिनावारी हुँदा भने बीचमै छाडेर हिँड्नुपर्ने अवस्थाबाट छात्राहरूले मुक्ति पाउने विश्वास गरिएकाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?