Health TV Online
Health TV Online
Health TV Online

तीन वर्षदेखि बन्द काेठामा आईसीयू र एनआईसीयू मेसिन

तीन वर्षदेखि बन्द काेठामा आईसीयू र एनआईसीयू मेसिन

दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आईसीयू र एनआईसीयू मेसिन तीन वर्ष बितिसक्दा  पनि सञ्चालनमा आएको छैन।

तीन वर्षअघि तत्कालीन मेसु डा. भोलाराम श्रेष्ठको पालामा टेण्डर मार्फत खरिद गरिएको एनआईसीयूका सामान बन्द कोठामा थन्किएका छन्।

दक्ष जनशक्ति अभावका कारण सेवा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालले बताएकाे छ।अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले न्यून जनशक्तिको भरमा आईसीयू, एनआईसीयू सेवा शुरु गर्न नसकेकाे बताए। ती सेवा सञ्चालन गर्न पेराइटिकको डाक्टरसँगै केही एनेस्थेटिक डाक्टर, आठ  नर्स र चार  सहयोगी आवश्यक पर्ने उनको भनाइ छ।

उनले सेवा सञ्चालनका लागि पटक–पटक स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारमा पहल गरे पनि सुनुवाइ नभएको बताए।

केही मेसिनलाई नियमित ब्याट्री चार्ज गर्नुपर्ने भए पनि प्रयोगविहीन भएकाले खासै चार्ज नहुने र मेसिन बिग्रिने अवस्थामा आउने स्टोरप्रमुख राज श्रेष्ठले बताए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार