Health TV Online
Health TV Online
Health TV Online

‘जङ्क फुड’ले बालबालबालिकाकाे स्वास्थ्यमा गम्भीर असर

‘जङ्क फुड’ले बालबालबालिकाकाे स्वास्थ्यमा गम्भीर असर

काठमाडौं : सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावकले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ ‘जङ्क फुड’ खुवाइरहेको एक अध्ययनले देखाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हेलन केलर इन्टरनेसनले सार्वजनिक गरेको एक अध्ययनअनुसार उपत्यकाका ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइएको छ।

सो अध्ययन १८ बालबालिकामा गरिएको हेलन इन्टरनेसनलमा कार्यरत डा. अतुल उपाध्यायले जानकारी दिए। ती बालबालिकाका पोषणको अवस्था जानकारी लिन पाखुराको नाप, उचाइ, तौल तथा रगत परीक्षण गरिएको थियो ।

‘सर्वेक्षणबाट ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइयो। उमेर अनुसार गुणस्तरीय, पर्याप्त मात्रा विविध प्रकार र सुरक्षित पौष्टिक आहार खान पाएका बालबालिकाको सङ्ख्या न्यून रहेको देखिन्छ’, उनले भने।

यसैबीच स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले पोषणमा सरकारको लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएको छ । पोषण पैरवीसम्बन्धी कार्यक्रममा महाशाखाका प्रमुख चिकित्सक आरपी विच्छाले आमाको दूध प्रतिस्थापना गर्ने वस्तुको बिक्री वितरणलाई निषेध गर्नेसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनको खाँचो रहेकाे बताए।

नेपालमा न्यून पोषण र अधिक पोषण दुवै खालका समस्या रहेको कार्यक्रममा जानकारी दिइयो। न्यून पोषणले बालबालिकामा पुड्कोपन, ख्याउटे तथा कम तौल भएका समस्या तथा अधिक पोषणले मधुमेह, रक्तचाप जस्ता समस्या देखा पर्दछन्।

कार्यक्रममा महाशाखाका पोषण शाखाका प्रमुख केदार पराजुलीले बालबालिकामा पोषणको अवस्थालाई सुधार ल्याउन आगामी दिनमा सरकारले थप लगानी बढाउन आवश्यक रहेकोमा जोड दिए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार