पखाला प्रभावित क्षेत्रमा पठाइयाे ‘वाटर एम्बुलेन्स’
गुल्मी : दूषित खानेपानीका कारण झाडा पखाला प्रभावित मुसिकोट नगरपालिका, ४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागले ‘वाटर एम्बुलेन्स’ पठाएको छ।
झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण प्रकोप फैलिन नदिन खानेपानी मन्त्री बिना मगरको निर्देशनमा विभागले पानी शुद्धीकरण जाँच गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स पठाएको हो ।
पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडरु लगायत सामग्री बोकेर विभागको विज्ञ टोली दजाकोट गएको छ। वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ। उक्त ल्याबको माध्यमबाट पानीको गुणस्तर जाँच गरिन्छ।
केही दिनदेखि झाडापखाला फैलिएर गुल्मीको दजाकोटमा एक जनाको मृत्यु भएको छ। करिब २00 जना बिरामी छन् । त्यहाँको खानेपानीमा कोलिफर्म भएको बताइएको छ। ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने लगायत समस्याले दजाकोटमा महामारी फैलिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?