अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुग्याे
हुम्ला : ताँजाकोट गाउँपालिकामा तीन सातादेखि फैलिएको अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। साेमबार थप एकजनाको मृत्यु भएको हो।
वडा नं. ५ भदौरा गाउँका का ६२ वर्षीया पवित्रा बोहोराको मृत्यु भएको हाे। दमको रोग भएकी बोहोराको पनि यसै रोगका कारण मृत्यु भएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैसीले जानकारी दिए। यसअघि यही राेगका कारण नाैजनाकाे मृत्यु भएकाे थियाे।
चैतकाे अन्तिम सातादेखि गाउँमा रोग फैलिएको ताँजाकोटमा आइतबार कर्णाली प्रदेश सरकारले संघीय सरकारको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट चिकित्सकहरू डाक्टर केएन पौडेलको नेतृत्वमा टेकराज भट्टराई, केशव अधिकारी र अन्य स्वास्थ्यकर्मी औषधिसहित ताजाकोट पुगेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?