विद्युतकाे वैकल्पिक व्यवस्था नहुँदा उपचारमा समस्या
डोल्पा : सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा विद्युतकाे वैकल्पिक व्यवस्था नहुँदा उपचारमा समस्या हुने गरेको छ। अस्पतालमा भरपर्दो विद्युतको सुविधा नहुँदा सामान्य एक्सरे, भिडियो एक्सरे लगायतका काम गर्न पनि समस्या हुने गरेको हाे।
दुनैमा रहेको जैरिगाड जलविद्युत् लामो समयदेखि अवरुद्ध हुनुका साथै अस्पतालमा वैकल्पिक व्यवस्था नहुँदा बिरामीको उपचारमा समस्या उत्पन्न भएको अस्पतालका चिकित्सक हिमविक्रम शाहीले बताए। भिडियाे एक्सरे मेसिन चल्ने विद्युत् नहुँदा रोग पहिचानका लागि बिरामी आफैँले जेनेरेटर बोकेर उपचार गराउन आउनुपर्ने बाध्यता छ। उपचारका लागि आउने बिरामी र उनीहरूका आफन्त आफैँले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गर्ने गरेको छ।
स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ताका कारण दुर्गमका नागरिकले दु:ख पाएको स्थानीय बताउँछन्। अस्पतालमा एक्सरे गर्न आउने सम्पूर्ण बिरामीहरूले भाडामा जेनेरेटर लगेर उपचार गराउँदै आएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायलाई चासो नभएको उनीहरूकाे भनाइ छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’