स्वास्थ्यचौकीमा औषधि अभाव
लहान : सिरहाको लक्ष्मीपुर गाउँपालिका ६ स्थित सीतापुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। मौसम परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला अत्यावश्यक औषधि अभाव भएपछि बिरामी निजी क्लिनिक धाउन बाध्य छन्।
विगत ६ महिनादेखि गाउँपालिकाले औषधि खरिद गरी आपूर्ति गर्न नसक्दा सीतापुर स्वास्थ्यचौकीमा औषधिको चरम भाव भएको हो। चोट लाग्दा लगाउने बेटाडिनदेखि घाउ पु्छ्ने कपास र ब्याण्डेजसम्म नरहेको स्वास्थ्यचौकी प्रमुख चन्द्रप्रकाश पण्डितले बताए। उनका अनुसार रुघाखोकी, ज्वरो, झाडापखाला तथा निमोनियाँका बिरामीलाई चाहिने पारासिटामोल, जीवनजलदेखि अधिकांश एण्टिबायोटिक्स स्वास्थ्यचौकीमा छैन।
अहिले दैनिक २०\२५ बिरामी उपचारका लागि आउने गरेका छन्। औषधि अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताए। लक्ष्मीपुर पतारी गाउँपालिकाका स्वास्थ्य संयोजक शिवकुमार यादवले औषधि खरीद गरेर पठाउने तयारी भइहरेको जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण