प्रदेश १ मा पनि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम शुरु
काठमाडौं : प्रदेश १ सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम शुरु गरेको छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै स्वास्थ्य पनि प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।
प्रदेश १ का सामाजिक मन्त्रालयका प्रवक्ता गोपी घिमिरले चैत १ देखि १४ विद्यालयमा यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। विद्यालय छनोट गरी १४ नर्स विद्यालयमा पठाइसकेको उनले बताए। ‘विद्यालयमा स्वास्थ्य सरसफाइ चेतना, विद्यार्थीलाई प्रारम्भिक स्वास्थ्य सम्बन्धी ज्ञान, सरुवा रोगसम्बन्धी जानकारी र विद्यार्थीलाई पूर्णरूपमा स्वस्थ बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हौँ’, उनले भने।
आगामी वर्ष सरकारले बजेटको व्यवस्था गरेमा प्रदेशका सबै विद्यालयमा यो कार्यक्रम लागू गर्ने योजना रहेको उनकाे भनाइ छ।
विद्यालयमा खटिने नर्सले विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वस्थ्य सफा तथा सिकाइ निर्मित वातावरण तयार गर्ने, किशोरीलाई महिनावारी तथा यौनस्वास्थ्यसम्बन्धी परामर्श दिने, सिपमा आधारित स्वास्थ्य सिकाइ प्रदान गर्ने, विद्यार्थीको पोषणको लेखाजेखा गर्ने, व्यक्तिगत सरसफाइसँगै विद्यालय तथा वातावरण सरसफाइबारे परामर्श दिने जिम्मेवारी पाएका छन्।
यसअघि प्रदेश ३ ले पनि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरिरहेकाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?