कैलालीमा भेटिए ३१ जना सिकलसेलका नयाँ बिरामी
कैलाली : जोशीपुर गाउँपालिकामा ३१ जना सिकलसेल एनिमियाको नयाँ बिरामी फेला परेका छन्। गाउँपालिकाले गरेको रगत परीक्षणमा सिकलसेल एनिमिया रोग पत्ता लागेको हो।
शंकास्पद दुई हजार ७५७ जनाको रगत परीक्षण गर्दा ३१ जनामा सिकल सेल रहेको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए। यसमा २० महिला र ११ जना पुरुष छन् । ‘स्क्रिनिङ टेस्ट’ गर्दा पाँच सय ४३ जना शंकास्पद देखिएका थिए । ‘इलेक्ट्रो फोरेसिस’ गर्दा ३१ जनामा सिकल सेल रहेको पुष्टि भएको बताइएको छ।
गाउँपालिकाले धनगढीबाट प्राविधिक टोली लगेर पाँच दिनसम्म रगत परीक्षण शिविर सञ्चालन गरेको थियो। अझै पनि धेरै व्यक्तिको रगत परीक्षण गर्न बाँकी रहेकाले आउँदो आर्थिक वर्षमा बढी बजेट विनियोजन गर्ने गाउँपालिकाले जनाएको छ।
पश्चिम तराईमा बसोबास गर्दै आएको थारु समुदायमा सिकल सेल एनिमियाको समस्या बढ्दो अवस्थामा देखिएको छ।कैलालीको सेती अञ्चल अस्पतालमामात्रै करिब ६०० जना सिकलसेल एनिमियाको बिरामी दर्ता भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?