स्वास्थ्यचौकीमा प्रसूति सेवा नहुँदा गर्भवती समस्यामा
रामेछाप : मन्थली नगरपालिका ८ चिसापानी स्वास्थ्यचौकीमा प्रसूति सेवा नहुँदा गर्भवती समस्यामा परेका छन्।
वडामा रहेको स्वास्थ्य चौकीमा सेवा नहुँदा महिलाहरू गर्भ जाँच गराउन तथा प्रसूति गराउन सदरमुकाम मन्थली पुग्नुपर्ने बाध्यता छ।
साविकको चिसापानी गाविसको वडा १ देखि ७ सम्मका नागरिकले सेवा लिने स्वास्थ्य चौकीको प्रसूति सेवा बन्द भए पनि खुलाउन सरोकारवाला निकायले चासो दिएका छैनन्।
जीर्ण र साँघुरो स्वास्थ्य चौकीको भवन तथा स्वास्थ्यकर्मीको लापरवाहीका कारण प्रसूति सेवा सञ्चालन गर्न नसकिएको वडाअध्यक्ष राजकुमार श्रेष्ठले बताए।
चिसापनीका करिब सातसय घरका सर्वसाधारणले याे स्वास्थ्य चौकीबाट सेवा लिन्छन्। महिलाहरूको संख्या मात्रै करिब दुई हजार छ।
स्वास्थ्य चौकीमा अहिले ६ जना कर्मचारी छन्। पूर्वाधार नभएकै कारण २४ घण्टे प्रसुती सेवा सञ्चालन गर्न नसकेको स्वास्थ चौकीका स्वास्थ्यकर्मी कामेश्वर यादवले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?