हावाहुरी प्रभावित महिलालाई डिग्निटी किट
वीरगञ्ज : वीरगञ्ज महानगरपालिका १८ औराहामा हावाहुरी प्रभावितलाई ‘डिग्निटी किट’ वितरण गरिएको छ।
गत चैत १७ गते आएको आँधी प्रभावित महिला तथा किशोरीलाई ‘वुमन फर वुमन’ ले ‘एक परिवार एक झोला’ अभियानअन्तर्गत किट वितरण गरेकाे हो।
आइतबार वीरगञ्ज महानगरपालिकाको सौराहा, जगरनाथपुर, मनियारीस्थित मुसहर र चमार समुदाय बस्ने दलित बस्ती, बहुदरमाइको पटनीमा ३६० जनालाई किट वितरण गरिएको छ ।
अभियानमार्फत आँधी प्रभावित पर्साको सुखचैना, बाराको भलुही भरबलीया, पुरैनिया, खुट्वा प्रसौनी, हर्दियालगायतका स्थानमा गरी १७ सय किट वितरण गरिसकिएको ‘वुमन फर वुमन’ले जनाएको छ ।
हावाहुरी प्रभावित परिवारमा कम्तीमा तीनजना महिला हुने अनुमानसहित ‘डिग्निटी किट’ तयार गरिएको छ। किट मिस नेपाल शृङ्खला खतिवडाले वितरण गरिन्।
किटमा विशेषगरी महिलाको शारीरिक स्वास्थ्यसँग सम्बन्धित सामग्री राखिएको छ। किटमा स्याम्पु ४८ पाउच, नुहाउने साबुन ३ पिस, लुगाधुने साबुन ३ पिस, सेनेटरी प्याड ३ थान, अण्डर गार्मेन्ट ६ पिस, टावेल २ वटा, झुल २ वटा, तेल १ बोतल, टुथ ब्रस ५ वटा, टुथ पेष्ट २ वटा, कपाल बाध्ने रबर १ प्याकेट, कपडाको झोला १ थान, नेल कटर र काइँयो एक\एक वटा राखिएको छ ।
अभियानका लागि आर्थिक सहयोगसमेत गरेकी मिस नेपाल शृङ्खला खतिवडाले राहत लिन जम्मा भएका महिलालाई सेनेटरी प्याड प्रयोग गर्ने तरिका पनि सिकाएकी थिइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?