चिकित्सकले सरकारलाई दिएकाे समय आज पूरा हुँदै, हाेला त आन्दाेलन स्थगन?
काठमाडौं : कर्मचारी समायोजनको विषयमा असहमति जनाउँदै आन्दोलनरत सरकारी चिकित्सकको माग सम्बोधनका लागि सरकारले लिएको १५ दिनको समय आइतबार सकिँदैछ ।
गत चैत ३० गते स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारी पक्षले माग सम्बोधनका लागि आन्तरिक गृहकार्य गर्नुपर्ने भन्दै वैशाख १५ गतेसम्मको समय मागेको थियो । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले सरकारी चिकित्सकको माग पूरा हुने गरी प्रस्ताव मन्त्रिपरिषदमा पठाइसकेको जानकारी दिइन्।
प्रस्तावमा सरकारी चिकित्सकले अघि सारेका अधिकांश बुँदालाई संशोधन गरेर पठाइएको पनि उनकाे भनाइ छ। माग संशोधन गरी मन्त्रिपरिषदमा पठाइएको विषयमा सरकारी चिकित्सकलाई अनौपचारिक रूपमा जानकारी समेत गराइसकेको उनले बताइन्।
सरकारी चिकित्सक संघ नेपाल गोदानका महासचिव डा. रविन खड्काले ३० गतेपछि भएका अनौपचारिक छलफलमा मागका विषयमा सैद्धान्तिक सहमति जुटेको जानकारी दिए। विशेषज्ञता हेरेर चिकित्सकलाई खटाउने, पुल दरबन्दी अन्तर्गत अध्ययनका लागि समय दिने लगायत सहमति भएको उनकाे भनाइ छ।
आफूहरूसँग यसअघि भएकाे सहमतिविपरीत समायोजन गरेकाे भन्दै सरकारी चिकित्सक चार महिनादेखि आन्दोलन गरेका थिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’