झाडापखालाले गुल्मीमा एकजनाको मृत्यु
गुल्मी : झाडापखालाले नजाकोटमा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिकावडा–४, दजाकोटका १२ वर्षीय रेशम सिंजालीको झाडापखालाका कारण मृत्यु भएको हो। झाडापखालाबाट बिरामी परेका सिंजाली घरमै मृत्यु भएको हो।
दजाकोटको सिंगो बस्तीका बासिन्दा नै झाडापखालाबाट बिरामी परेका छन्। आइतबार बिहानसम्म करिब १७० जना बिरामी परेको स्थानीयले जनाएका छन् ।
बिरामीमध्ये ६ जनाको गुल्मी अस्पताल तम्घास र ३ जनाको रेसुङ्गा अस्पताल तम्घासमा उपचार भइरहेको छ। गुल्मी तथा पाल्पाको अस्पतालमा उपचार सम्भव नभएपछि एकजनालाई चितवन लगिएको छ।
गुल्मी अस्पतालमा उपचारत मध्ये दुईजना निको भएर घर फर्किएको जिल्ला अस्ताल गुल्मीका प्रमुख उत्तम पच्याले बताए । अन्य केही व्यक्तिको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको छ।
यसैबीच झाडापखालाको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको समन्वयमा ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली गुल्मी आइपुगेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण