एम्बुलेन्स नपुग्दा बिरामी अस्पताल पुर्याउन डाेकाकाे भर
प्युठान : जिल्लाको उत्तरी भेगमा सडक सञ्जाल नपुगेकाले बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य संस्थामा लैजानु पर्ने बाध्यता छ।
नौबहिनी गाउँपालिका–१ स्याउलीबाङका नागरिक चार घण्डा हिँडेर मात्र मोटर बाटो भेट्टाउन सक्छन्। अर्खा, रजवारा, लिघा, खबाङ, डामृ, पूजालगायतका गाउँमा बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य संस्था लग्नुपर्ने बाध्यता छ।
भौगोलिक विकटता र एम्बुलेन्समा स्थानीयको पहुँच नहुँदा समस्या भोगिरहनु परेको स्थानीय बताउँछन्। उत्तरी प्युठानका लागि भनेर भुतपूर्व सैनिकहरुको नेतृत्वमा खरिद गरिएको एम्बुलेन्स पनि बिग्रिएको छ।
दुर्गम गाउँमा एम्बुलेन्स सेवा पुर्याउन प्रयास भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?